राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको समानुपातिक तर्फबाट ५७ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै उम्मेदवारहरूको सूची तयार पारेको हो।

पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार सिफारिस गरिएका ५७ जनामध्ये ४८ जना महिला र ९ जना पुरुष रहेका छन्। पार्टीले समानुपातिक समावेशीतालाई ध्यानमा राख्दै विभिन्न सामाजिक क्लस्टरबाट उम्मेदवार चयन गरेको जनाएको छ।

सूचीअनुसार खसआर्य समुदायबाट १७ जना, आदिवासी जनजातिबाट १६ जना, दलित समुदायबाट ८ जना, मधेसी समुदायबाट ९ जना, थारू समुदायबाट ४ जना तथा मुस्लिम समुदायबाट ३ जनाको नाम सिफारिस गरिएको छ। पार्टीले निर्वाचन आयोगले तोकेको समयसीमाभित्र नामावली बुझाउने प्रक्रिया अघि बढाएको बताएको छ।

रास्वपाको केन्द्रीय कार्यालयले कर्मचारी र सचिवालय सदस्यहरूलाई जिम्मेवारी तोक्दै निर्धारित समयमै नामावली बुझाइने व्यवस्था मिलाइएको जनाएको छ। आयोगले दलहरूलाई समानुपातिक उम्मेदवार सिफारिस गर्न आइतबारसम्मको समय दिएको थियो।

पार्टीका अनुसार आयोगले तोकेको क्लस्टरअनुसार सूची नमिलेको अवस्थामा आवश्यक परिमार्जन गर्ने अधिकार पनि निर्वाचन आयोगसँग रहनेछ।

खस आर्यबाट

प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर, टीका संग्रौला, क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल, रमेश प्रसाईँ

आदिवासी जनजातिबाट

बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमीला कुलुजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरूङ ,राम लामा, खुश्बु सरकार श्रेष्ठ, मिङ्मा ग्याबु शेर्पा

मधेसीबाट

पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, सुनिता कुमारी चौधरी, कामिनी कुमारी, पुरूषोत्तम सुप्रभात यादव, खगेन्द्र कर्ण

दलितबाट

रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार, तारा विश्वकर्मा, खिमा विक, प्रकाशचन्द्र परियार

थारूबाट

गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी

मुस्लिमबाट

समिना मिया, अफ्साना बानु, गलाजा शमीम मिकरानी