१३ चैत, काठमाडौं । सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
नवनियुक्त प्रधानमन्त्री बालेन शाहले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् र मन्त्रीहरूको नामसमेत तय गरिसकेका छन्।
यसैअनुसार गौतमलाई कानुन मन्त्रालयको नेतृत्व दिइएको हो।
त्यसैगरी गृह मन्त्रालयमा सुधन गुरुङ, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल, ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ, उद्योग मन्त्रालयमा अमरेश कुमार सिंह तथा सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल नियुक्त हुने भएका छन्।